फेरिदै कालीकोट सदरमुकाम मान्म

फेरिदै कालीकोट सदरमुकाम मान्म

कालीकोट फागुन ११ गते । अक्लो डाँडामा स साना घर हेर्दा पनि नपत्याउने खालको थियो कालीकोट सदरमुकाम मान्म । संघियता अगाडीको नेपालको कान्छो जिल्लाका रुपमा परिचित कालीकोट जिल्ला र यही जिल्लाको नाममा बनेको सदरमुकाम मान्म बजार कुनै गाउँको सानो बस्ती भनेपनि फरक पदैन थियो । २०३४ सालमा कालीकोट जिल्ला नामकरण भयो । जुम्ला जिल्लाबाट अलग गरेर ल्याएको कालीकोट जिल्ला तत्कालीन मान्म गाउँबिकास समितिको पञ्देवल गाउँमा स्थापना भयो स्थापनाको छ वर्ष पछि २०४० सालमा कालीकोट सदरमुकामलाई मान्म डाँडा खाँडाचक्रमा सारिएको थियो ।
स साना घरमा अवस्थीत सदरमुकाम मान्म पछिल्लो १२ वर्षमा पुरै फेरिएको छ । २०६३ सालमा सडक पुगेसंगै कालीकोट सदरमुकाम मान्म र यस आसपासका वस्तीहरु भौतिक संरचनाले बदलियका छन । २४ वर्ष पहिला देखि जिल्ला प्रशासन कार्यालय कालीकोटमा कार्यरत हरिनाथ योगीले सडक पुगेपछि जिल्ला सरदुमकाम मान्मको मुहार फेरिएको बताउनुभयो । प्रशासन कार्यालय पनि कच्ची घरमा थियो ।
हामीले धेरै वर्ष कच्ची अर्थात माटोले बनेको घरमा बसेर कार्यलय चलाएका थियौँ । पानी परेको बेला चुहीने त्रास पनि त्यतीकै हुने गरेको थियो । अव सरकारी कार्यालय संगै मान्म बजारमा पनि पक्की संरचनाले खास सदरमुकाम देखिन थालेको योगीले सुनाउनुभयो । उहाँले अहिलेकाही वजार पारी ताडीको डाँडावाट पश्चिम तिरको सदरमुकाम मान्म बजारलाई हेर्दा निकै सुन्दर लाग्ने गरेको सुनाउनुभयो । पछिल्लो समय मान्म सडक सञ्जालसंग जोडिएसंगै पक्की घर बनेकाले सदरमुकामको दृश्य अलग देखिन्छ । २०६६÷०६७ सालमा एकछाले घरले गाउँको घना बस्ती जस्तै देखिने बजार आजभोली वास्तविक शहर देखिन थालेको छ । प्रया सबै घर पक्की बनेका छन भने सरकारी कार्यालय पनि आ आफ्नै पक्की भवनमा सरेका छन । 12 वर्ष अगाडीकाे मान्म सदरमुकाम
जिल्ला वनाउनै सकस थियो,,
उ बेलाको समयमा कालीकोट जिल्ला नामकरण गर्न निकै सकस भईरहेको थियो । तत्कालीन जुम्ला जिल्लाका चल्दाबल्दा नेता अदानसिह कठायत निकै शक्तीसाली थिए । जुम्ला र तृब्रीकोट गरी दुई जिल्ला थिए । कालीकोट जिल्ला नामकरण गर्ने मध्यका बिष्णुवहादुर शाहीले तृब्रीकोट जिल्लामा पाँच वटा गाउँबिकास समिति मात्र भएको जुम्ला जिल्लाले तृब्रीकोट जिल्लालाई दबाउदै आएकाले जुम्ला जिल्ला फुटाउने मनसाय तृब्रीकोटका सभापति र जिल्लाका सासदको पनि थियो । तृव्रीकोट जिल्ला जुम्लासंग गाभेपछि हालको कालीकोट र तत्कालीन तृब्रीकोटका गाउँ बिकास समिति मिलेर अदानसिहं कठायतलाई जिल्लाको सासदमा हराएपछि बल्ल कालीकोट जिल्लां बनाउन सफल भएको शाहीको भनाई छ ।
शाहीका अनुसार कालीकोटका (पछिका) माननिय धर्मदत्त उपाध्यायले धेरै प्रयास गर्नुभयो । हामी उहाँका पछि लागेर जाने गरेका थियौँ । मुख्यगरी धर्मदत्तको प्रयासले कालीकोट जिल्ला ल्याउन सफल भएको शाहीले सुनाउनुभयो । मुख्यपात्र धर्मदत्त उपाध्याय थिए । त्यसपछि जहिले पनि आफुले साथ दिए । अर्का नरजित वुढा लगाएतका ब्यक्तिले पनि साथ दिएकाले कालीकोट जिल्ला बनाउन सकेको सुनाउनुभयो । जिल्लाको सासद अदानसिहँ कठायत, उहाँका भाई जिल्लाको सभापति हुदा जिल्ला फटाउने प्रस्ताव नै सभामा लिन नदिने भएकाले सुरुमा सारै समस्या भएको जिल्लाका जन्मदाताहरुको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित